logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • आफैंमाथि आगजनाी गरेका सर्लाहीका विवेक मण्डलको मृत्यु

    751Shares
    आफैंमाथि आगजनाी गरेका सर्लाहीका विवेक मण्डलको मृत्यु

    काठमाडौं। आफैंमाथि पेट्रोल छर्केर आगजनी गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। गम्भीर घाइते मण्डलको मंगलबार बिहान २:४० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    असार २६ गते सर्लाही गडैता नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय मण्डलले आफ्नो घर नजिकै पेट्रोल छर्केर आगजनी गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

    यसअघि गणेश नेपाली र अश्विन राउतको पनि आफैंमाथि आगजनी गर्दा वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।



    फास्ट न्युज    
  • २०८३ असार ३०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट