इटहरी । विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा सुनसरीमा दुई जनाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका–२० नजिक बा १ ञ १६५१ नम्बरको भ्यान सोमबार राति दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । एक जना घाइते भएका छन् । कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जानकारी दिएको छ ।
भ्यानका चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको ज्यान गएको हो । दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
भ्यानमा सवार घाइते धरान -२० बस्ने ३२ वर्षीय पवन राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया