logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • बालेनको पुर्ख्यौली घरमा प्रचण्डले भने- हामी मिलेर देश बनाउँछौँ

    1KShares
    बालेनको पुर्ख्यौली घरमा प्रचण्डले भने- हामी मिलेर देश बनाउँछौँ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घर पुगेका छन्। बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेताहरू महोत्तरीको एकडारा गाउँपालिकास्थित बालेन्द्रको पुर्ख्यौली घरमा पुगेका हुन् ।

    जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा बालेन्द्रको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ। अहिले बालेन्द्रको उक्त पुर्ख्यौली घरमा एकडारा गाउँपालिकाको कार्यालय राखिएको छ । जुन घर पालिकाले भाडामा लिएर कार्यालय चलाएको हो । उक्त घरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट