logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार सात सय १८ वटा उजुरी

    सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार सात सय १८ वटा उजुरी

    585
    SHARES
    सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार सात सय १८ वटा उजुरी

    काठमाण्डौ । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार सात सय १८ वटा उजुरी परेका छन् । सिंहदरबारमा आज बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले उजुरीबारेको जानकारी दिनुभएको हो ।



    जिल्लाको तहमा हेर्दा सल्यानमा पाँच हजार पाँच सय दुई वटा उजुरी परेको छ । आयोगका सचिव सापकोटाले अछाम र कपिलवस्तुमा चार हजार वटाभन्दा बढी उजुरी परेको र तीन हजार वटाभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार वटाभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताउनुभयो । एक हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेका उहाँको भनाइ छ ।

    आयोगका सचिव उदयराज सापकोटाले उजुरी भन्दा पनि घटनाका विषयलाई हेरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले सामान्य प्रकृतिका उजुरी बढिरहेको पनि बताउनुभयो । उहाँले अहिले दुई हजार दुई सय ६८ उजुरी तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताउनुभयो ।


    फास्ट न्युज
  • शुक्रबार, २१ बैशाख २०८१
  • सम्बन्धित समाचार