logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • भद्रकालीमा सहकारी पीडितमाथि प्रहरीले लाठी हान्यो

    भद्रकालीमा सहकारी पीडितमाथि प्रहरीले लाठी हान्यो

    520
    SHARES
    भद्रकालीमा सहकारी पीडितमाथि प्रहरीले लाठी हान्यो

    १६ भदौ, काठमाडौं । विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो ।



    लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन् । बचत फिर्ताका लागि सरकारलाई दबाब दिन सिमसिम झरीका बीच प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी हानेको हो ।

    सिंहदरबारतिर आउन नदिएपछि सहकारी पीडितहरु शहीदगेटतर्फ मोडिएका छन् । उनीहरु त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म पुग्ने तयारीमा छन् ।

    उनीहरूले मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ, सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्‍यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर जस्ता नारा लेखेको ब्यानर बोकेका छन् ।


    फास्ट न्युज
  • आइतबार, १६ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट