logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध 

    835Shares
    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध 

    जुम्ला-पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

    गएरातिको अविरल वर्षापछि कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालयका जुम्लाले जनाएको छ ।

    उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरुमा अनुरोध गरेको छ ।

    लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छ्याउने कार्य भइरहेको भएपनि यात्रुहरु समस्यामा परेका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट