logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • बागलुङ दुर्घटनामा उपाध्यक्ष भुपेन्द्रासहित तीन जनाको मृत्युप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

    856Shares
    बागलुङ दुर्घटनामा उपाध्यक्ष भुपेन्द्रासहित तीन जनाको मृत्युप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन जनाको ज्यान जानेगरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।उनले शोकाकुल परिवारप्रति समवेदनासमेत व्यक्त गरे ।

    अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी मृत्यु भएको खबरले स्तब्ध भएको बताएका छन् ।

    उक्त दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार