logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • अखिल (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन

    अखिल (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन

    546
    SHARES
    अखिल (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन

    खोटाङ, १६ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्ष पदमा डार्विन चाम्लिङ चयन हुनुभएको छ । गए राति सम्पन्न अखिल (क्रान्तिकारी) खोटाङको १९औँ जिल्ला सम्मेलनले ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन समेत गरेको छ ।



    समितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अखिल ९क्रान्तिकारी०का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।

    माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बधाई दिनुहुँदै आफ्नो हक, अधिकारी तथा शैक्षिक सुधकारका निमित्त प्रतिवद्ध भइ लाग्न आग्रह गर्नुभयो । सम्मेलनले सङ्गठनको आर्थिक तथा साङ्गठानिक प्रतिवेदन र भावी रणनीतिसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बसेर अखिल ९क्रान्तिकारी०को १९औँ जिल्ला सम्मेलनले पारित गरेका भावी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।

    ‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, विकृति, विसङ्गति र बेथितिका विरुद्ध १९औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उद्घाटन भएको सम्मेलनमा सांसद राई, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी, प्रदेश उपाध्यक्ष देवान किराती, प्रदेश सदस्य एवं विद्यार्थी फ्रयाक्सन इन्चार्ज गोपालचन्द्र राई, सदस्य सुरशेकुमार राई, जिल्ला संयोजक दीपक पाण्डे, अखिल ९क्रान्तिकारी०का केन्द्रीय सचिव रविन खम्बु, सदस्य एलबी मगर, जिल्लास्थित विद्यार्थी सङ्गठनका नेतालगायतको उपस्थिति थियो ।

    सम्मेलनमा जिल्लाका दशवटै स्थानीय तह, छवटा क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठित अखिल ९क्रान्तिकारी०को सङ्गठनबाट चयन भएका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए । सम्मेलनको अवसर पारेर अखिल (क्रान्तिकारी) खोटाङले शनिबार दिक्तेलबजार सरसफाइ गरेका थिए ।


    फास्ट न्युज
  • आइतबार, १६ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट