logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेकाे २७ औँ दिन पुग्याे

    958Shares
    चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेकाे २७ औँ दिन पुग्याे

    काठमाडौं । आन्दोलनमा रहेका चिकित्सकहरूले आज २७ औँ दिनमा पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । गत चैत २१ गतेदेखि सेवा बहिष्कार गरेर सडकमा उत्रिएका आवासीय चिकित्सकहरूले आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले आठौँ तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन् ।

    निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको अत्यधिक श्रम शोषण हुने गरेकाले एक आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काममा लगाउन नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिनुपर्ने, किरिया बिदा र सुत्केरी बिदा आवश्यकताका आधारमा थप्नुपर्ने पनि उनीहरूको माग राखेका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट