logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • वाग्मती प्रदेशप्रमुख अस्वस्थः मन्त्रीहरुको शपथ स्थगन

    1.1KShares
    वाग्मती प्रदेशप्रमुख अस्वस्थः मन्त्रीहरुको शपथ स्थगन

    वाग्मती: वाग्मती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ हुनुभएको छ । उहाँको स्वास्थ्यमा अचानक समस्या आएकाले आज अपराह्नका निम्ति निर्धारित नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम स्थगन भएको हो ।प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गर्नुभएकाले अर्काे सूचना प्रकाशन नभएसम्मका लागि शपथको कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।

    मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरु गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेशप्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट