logo

२०८३ श्रावण ३ आईतवार

logo
  • २०८३ श्रावण ३ आईतवार
  • डोटीमा सडकबाट सयमिटर तल बस खस्यो, १७ जना घाइते

    982Shares
    डोटीमा सडकबाट सयमिटर तल बस खस्यो, १७ जना घाइते

    धनगढी । डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको होडोटीमा सडकबाट सयमिटर तल बस खस्यो, १७ जना घाइते

    दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।
    सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ३२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट