logo

२०८३ आश्विन २९ बिहीबार

logo
  • २०८३ आश्विन २९ बिहीबार
  • बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै, यस्तो छ धार्मिक महत्त्व

    892Shares
    बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै, यस्तो छ धार्मिक महत्त्व

    काठमाडौँ — बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज (बुधबार) दशैँघर, पूजाकोठा र देशभरका शक्तिपीठहरूमा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना र विशेष उपासना गरिँदैछ  । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएसँगै सुरु भएको नवरात्रमा प्रत्येक दिन दुर्गाका नौवटा विभिन्न रूपको पूजा गर्ने परम्परा छ  ।

    संस्कृत भाषामा आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन प्रकारका ताप (सांसारिक कष्ट) लाई ‘कुष्मा’ भनिन्छ । नवदुर्गामध्येकी चौथी यी देवीले आफ्नो मन्द मुस्कानद्वारा ब्रह्माण्डको सृष्टि गरेकी र आफ्नो शरणमा आउने भक्तहरूको तीनै ताप हरिदिने भएकाले उहाँको नाम कुष्माण्डा रहन गएको धार्मिक मान्यता छ  । विभिन्न पुराणहरूमा कुष्माण्डा देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने उल्लेख गरिएको छ  ।

    असत्यमाथि सत्यको विजयको प्रतीक दसैँ

    वैदिक सनातन धर्मावलम्बीहरूले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानव जातिलाई जोगाएकी दुर्गा देवीको सम्झनामा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष आराधना गर्छन्  । दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ   नवरात्रभर घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवी भागवत लगायतका देवीस्तोत्रहरूको पाठ पारायण गर्ने गरिन्छ  ।
    दुर्गाको प्रतीकका रूपमा महानवमीसम्म प्रत्येक दिन दुई वर्षभन्दा माथिका छुट्टाछुट्टै नौ जना कन्याको पूजा गर्ने शास्त्रीय विधानसमेत रहेको छ  । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइनेछ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठहरूमा बलिसहित विशेष पूजा अर्चना गर्छन्   । आज चौथो दिन काठमाडौँको भद्रकाली, शोभाभगवती, नक्साल भगवती, गुह्येश्वरीसहित देशभरका प्रमुख देवी मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट