logo

२०८३ आश्विन २७ मंगलवार

logo
  • २०८३ आश्विन २७ मंगलवार
  • कांग्रेस मतगणना अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय शिवाकोटीको जित सुनिश्चित जस्तै, ४९८९ मत गणना

    760Shares
    कांग्रेस मतगणना अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय शिवाकोटीको जित सुनिश्चित जस्तै, ४९८९ मत गणना

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना राष्ट्रिय सभागृहमा तीव्र गतिमा अघि बढेको छ। पछिल्लो सार्वजनिक विवरणअनुसार खुलातर्फको दुई सहमहामन्त्री पदमा संस्थापन र इतर समूहका मुख्य उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्।

    निर्वाचन समितिले सार्वजनिक गरेको ४,९८९ मतको परिणामअनुसार रामहरि खतिवडा २,१३७ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनलाई १,५२४ मतका साथ अजय शिवाकोटीले पछ्याउँदै दोस्रो स्थान सुरक्षित गरेका छन्। खुलातर्फ दुई जना निर्वाचित हुने व्यवस्था भएकाले खतिवडा र शिवाकोटी दुवैको जित सुनिश्चित जस्तै देखिएको छ।

    प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूमध्ये डिल्लिराम सुवेदी १,२५९ मतका साथ तेस्रो स्थानमा छन् भने देवेन्द्रराज कँडेलले ९९० मत पाएका छन्। यस्तै, राजीव ढुङ्गानाले ८७८ मत, विकास कोइरालाले ८०३ मत, अमृतकुमार अर्यालले ६५५ मत, रमेशप्रसाद धमलाले ५७३ मत र विमलराज क्षेत्रीले १९२ मत प्राप्त गरेका छन्। अब थोरै मत मात्र गणना गर्न बाँकी रहेकाले निर्वाचन समितिले आजै बेलुकासम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट