काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ । सेसन अवधिमा नेप्से ४.५५ अंकले बढेर २६७४.०७ को विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.१२ अंकले बढेको छ ।
सेसनभर ३५ कम्पनीको कारोबार हुँदा १८ वटको मूल्य बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ । सेसनमा २ हजार १५२ कित्ता शेयर किनबेच हुँदा १३ लाख ४१ हजार ७९५ रुपैयाँबराबरको कारोबार भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया