logo

२०८२ जेष्ठ ३ शुक्रबार

logo
  • शुक्रबार, ३ जेष्ठ २०८२
  • पाँचथर बम विष्फोट अपडेट: दाजुबहिनीको ज्यान गयो

    पाँचथर बम विष्फोट अपडेट: दाजुबहिनीको ज्यान गयो

    702
    SHARES
    पाँचथर बम विष्फोट अपडेट: दाजुबहिनीको ज्यान गयो

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा घाइते भएका तीनमध्ये दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवाको पनि मृत्यु भएको हो ।



    घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा पठाइएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    खेलिरहेको ठाउँमा भेटिएको बम बिस्फोट हुँदा डाँडागाउँका दिलिप सावाँका ११ वर्षिय छोरा दिप्सन, अढाइ वर्षकी छोरी प्रिन्सा र स्थानीय ९ वर्षिय पवन राई घाइते भएका थिए ।

    स्थानीयका अनुसार अपरान्ह ठुलो आवाजमा विष्फोट भएको थियो । घाइते पवन राईले खेलिरहेको अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको बताएका छन् । घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।

    घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ गएको बताइएको छ । विस्फोट भएको घरका धनी आइतराज केरुङ माओवादी कार्यकर्ता हुन् ।


    फास्ट न्युज
  • शुक्रबार, १४ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट