logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन

    946Shares
    मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन

    गोलबजार (सिरहा): मधेश प्रदेशका तीन वटै सुरक्षा निकायका प्रमुखले सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेका सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । गाउँपालिका–३ टिकुलीया र भारतको चैनपुरगाउँ नजिक रहेको सीमा स्तम्भ २४३/५ सम्म नयाँ सडक बनाएर तस्करी भइरहेका गुनासोपछि सुरक्षा प्रमुखहरूले त्यसबारे जानकारी लिएका हुन् ।

    सप्तरीका विभिन्न सीमानाकाबाट हुने तस्करीको विषय मधेश प्रदेशसभाको हालैको बैठकको शून्य समयमा पनि उठेको थियो । प्रदेशसभा सदस्य शम्भु साहले यस विषयमा प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    अनुगमन टोलीमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) लालमणि आचार्य, सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालयका प्रमुख एवम् अनुसन्धान निर्देशक माधवप्रसाद तिमिल्सिना, सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेललगायत अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।



    फास्ट न्युज    
  • २०८१ पुष २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट