logo

२०८३ श्रावण २० बुधबार

logo
  • २०८३ श्रावण २० बुधबार
  • ‘राष्ट्रिय भेलामा सहभागी भएकै आधारमा कसैमाथि कारबाही हुँदैन’ : महामन्त्री घिमिरे

    745Shares
    ‘राष्ट्रिय भेलामा सहभागी भएकै आधारमा कसैमाथि कारबाही हुँदैन’ : महामन्त्री घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय भेलामा सहभागी भएकै आधारमा सांसद, जनप्रतिनिधि वा पार्टीका कुनै पनि नेतामाथि अनुशासनात्मक कारबाही नहुने बताएका छन्।

    एक सञ्चारमाध्यमसँगको कुराकानीमा महामन्त्री घिमिरेले लोकतान्त्रिक पार्टीभित्र छलफल र बहस स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै भेलामा सहभागी हुनु मात्रै अनुशासन उल्लंघनको विषय बन्न नसक्ने स्पष्ट पारे।

    “भेलामा सहभागी भएकै कारण कसैमाथि कारबाही हुँदैन। उहाँहरू पार्टीको एकता, संस्थागत शक्ति र भविष्यका पक्षमा बोल्नुहुन्छ भन्ने विश्वास छ,” उनले भने।

    घिमिरेले पार्टीभित्र विचार आदान–प्रदानलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने धारणा राख्दै पार्टीलाई कमजोर बनाउने वा असंस्थागत बाटोतर्फ लैजाने गतिविधि भने स्वीकार्य नहुने बताए।

    उनका अनुसार, “लोकतान्त्रिक पार्टीमा छलफलमा सहभागी हुनु आफैंमा अनुशासन उल्लंघन होइन। तर पार्टीलाई कमजोर बनाउने वा वैकल्पिक असंस्थागत बाटोमा लैजाने गतिविधि कसैले गर्नुहुँदैन।”

    महामन्त्री घिमिरेले क्रियाशील सदस्यताको अद्यावधिक मूलतः प्राविधिक विषय भए पनि विशेष महाधिवेशनको मागसँग जोडिएपछि त्यसलाई अनावश्यक रूपमा राजनीतिक विवादको विषय बनाइएको टिप्पणी गरे।

    पार्टीभित्र पछिल्ला गतिविधिलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला घिमिरेको भनाइलाई कांग्रेस नेतृत्वले राष्ट्रिय भेलाप्रति अपनाएको अपेक्षाकृत नरम दृष्टिकोणका रूपमा हेरिएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट