काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएको भन्दै सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रम मार्फत ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा असन्तुष्टि जनाएका हुन् । ओलीले ‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो’,भनेका छन् ।
यसैगरी नेतृत्व नछोड्ने उनले घोषणा गरेका छन् । अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताए। ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याकेर भागिहाल्नु भनेर होइन,’ ओलीले भने । पार्टीलाई सफलतामा लगेर मात्र विदा लिने ओलीले बताएका छन् ।
‘कही आशंका हुन सक्छ । मैले बीचैमा झोला फ्याकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भनेका छन्, ‘म अप्ठयारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधि विधान प्रक्रिया छन् । त्यससंगत मैले विश्राम लिने अवस्था बन्छ ।’ पितृ शोक, गिरफतारी, शल्यक्रिया जस्ता कारणले बीचमा अलमल भएपनि अब नेताहरुसँग भेटवार्ता बाक्लो बनाउने उनले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया