logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • आज नेमकिपाको नयाँ नेतृत्व चयन

    1.3KShares
    आज नेमकिपाको नयाँ नेतृत्व चयन

    २० फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशनबाट आज  नयाँ नेतृत्व चयन हुँदैछ।

    पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गरिने बताए ।

    गोसाईँका अनुसार सर्वसम्मत नेतृत्व चयन हुनेछ। यो पटक पनि संस्थापक अध्यक्ष नारायाणमान बिजुक्छे रोहित नै सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना देखिएको छ । स्रोतका अनुसार बिजुक्छेको विकल्पमा अघि सर्न कोही पनि तयार देखिएका छैनन्। महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।

     

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट