logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • दाँतको उपचार गर्दा बालिकाले इन्जेक्शनको ढक्कन निलेपछि….

    943Shares
    दाँतको उपचार गर्दा बालिकाले इन्जेक्शनको ढक्कन निलेपछि….

    रुपन्देही । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा दाँतको उपचारका लागि ल्याइएकी एक बालिकाले सुई लगाउनका लागि तयार ढक्कन निलेपछि तनाव उत्पन्न भएको छ । बिरामीका आफन्तले स्वास्थ्यकर्मीको गम्भीर लापरवाहीका कारण बच्चाले सुई निलेको विषय बाहिर ल्याएपछि घटनाले उग्ररुप लिएको हो ।

    आइतबार दाँतबाट पिप निस्किने समस्या भएर उपचारका लागि अस्पताल पुगेकी ८ वर्षीया बालिका सुनिता कोहारको लगाउनुपर्ने सुई (ढक्कन) पेटभित्र गएको बताइएको हो । उनकी आमा आशा कोहारका अनुसार उनलाई उपचारका लागि आइतबार ९ बजे अस्पताल लगिएको थियो । उनको १० बजे चेकअप भएको र असहज भएपछि एक्सरे गरी हेर्दा सुई पेटमा गएको कोहारले बताइन् ।

    बालिकालाई अहिले दिशा गर्न पनि समस्या भएको उनकी आमाले आशाले बताइन् । तर अस्पतालका स्वास्थ्यकर्मी सुई नभएर त्यसको ढक्कन भएको र त्यो बच्चाको दिसाबाट बाहिर आउने बताइरहेका छन् । बिरामीका आमा आशाले सुई पेटभित्र जाँदासमेत अस्पतालले घरमा पठाइदिएकाले छोरीलाई अहिले घरमा ल्याएर राखेको बताइन् । साथै अस्पतालले उपचारका लागि धेरै खर्च लाग्ने बताएको समेत उनले बताइन् । बालिकाको उपचार डा. संगिता पन्थीले गरेकी थिइन् ।

    यस विषयमा अस्पतालका सूचना अधिकारी डा. आरिफ हुसेनले यो विषय आफूले पनि सुनेपछि बिरामीका आफन्त र स्वास्थ्यकर्मी बसेर समाधान निकाल्न भनेको बताए । अस्पतालका व्यवस्थापक सुरेन्द्र क्षेत्रीले बच्चाको मुखमा सुई लगाउनका लागि राखिएको ढक्कन निलेपछि समस्या भएको तर बाहिर प्रचार भएजस्तो सुई बच्चाको पेटमा नगएको बताए ।

    ‘दाँतको उपचारका लागि डक्टरले सूई लगाउन राखेको ढक्कन बच्चाले निलेको हो, सुई नै निलेको होइन, हामीले एक्सरे गरेर पनि हेरेका छौं, त्यो दिसाबाट बाहिर आउनसक्छ, सुई नै गएको भए धेरै खतरा हुने थियो, मुखमा राख्नैपर्ने र त्यो समयमा बच्चाले निलेपछि समस्या आएको सत्य हो, तर हामीले बिरामीका आफनतसाग बसेर त्यो विषयमा छलफल गरेर टुंगो लगाएका छौं’, उनले भने ।



    फास्ट न्युज    
  • २०८१ पुष ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार