काठमाण्डौ । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्द गरेका छन् । नेयमार र क्लबले आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् । नेयमार सन् २०२३ को अगष्टमा ९० मिलियन युरोमा अल हिलाल पुगेका थिए । तर उनले चोटका कारण क्लबका लागि सात पटक मात्र खेले ।
सम्झौता रद्दसँगै अल हिलालले नेयमारको आगामी दिनका लागि थप सफलताको कामना गरेको छ । नेयमार अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । उनी सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । केबलकार निर्माणको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोरमा गाडी चल्न सकेनन्
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया