logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • एनपिएलः कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

    883Shares
    एनपिएलः कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

    काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत ‘इलिमिनेटर’ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई एक सय ७६ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रनको योगफल बनायो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।

    त्यसैगरी, विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे भने जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक–एक विकेट लिए । चितवनले अहिले ब्याटिङ गरिरहेको छ ।

     



    फास्ट न्युज    
  • २०८१ पुष ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट