logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • वुमन्स डे कपमा आज साँझ नेपालले युगाण्डासँग खेल्दै

    958Shares
    वुमन्स डे कपमा आज साँझ नेपालले युगाण्डासँग खेल्दै

    काठमाडौ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डा खेल्दैछन् । यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ ।

    यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । हिजोको खेलमा नेपाल नामिबियासँग फेरि २३ रनले पराजित भएको छ । नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।

    नेपालले भोलि हङकङसँग फेरि खेल्नेछ । नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट