काठमाडौँ, नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा
अवको पार्टी सभापति बल बहादुर केसी हुनुपर्ने चर्चा चलेको छ।
कांग्रेस बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्ने क्रममा आगामी नेतृत्व सभापति देउवाले सुम्पदै गर्दा पार्टीको नेतृत्व पुस्तानतरमा भन्दा परिपक्वता र योगदान गरेको नेतालाई अघि सार्नुपर्ने धारणा राखेका छन् ।
बैठकमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री विजयकुमार गच्छेदारले सभापति देउवासँग भावी नेतृत्वको बारेमा आफ्नो धारणा राख्ने क्रममा भन्नुभयो-” अब तपाइँ नेपाली काँग्रेसको सभापति र पटक पटक प्रधानमन्त्री भइसक्नुभयो। यसमा म र अरु धेरै नेताहरुको सहयोग छ । तर अब तपाइँले हामीलाई भन्नुपर्यो कि भावी नेतृत्व कसलाई दिने?”
नेता गच्छेदारले आफू पनि सभापतिका लागि उत्तिकै योग्य भएको तर देउवाले चाहेको व्यक्ति जसलाई सभापति बनाउन पनि आफू तयार रहेको वताउनु भयो ।
नेता गच्छेदारले भन्नुभयो-” तपाइँजस्तै अझ तपाइँभन्दा बढी नेविसंघदेखि नै लडेर आउनुभएका बलबहादुर केसीलाई अबको सभापति बनाऔँ, म तयार छु । तर तपाइँले भन्नुपर्यो।”
पटक पटक बलबहादुर केसीलाई सभापतिमा अघि सार्नु पर्ने धारणा राखेका बिजय गच्छदार लगायतका नेता संगै अधिकांश नेताहरुले नयां पुस्ताका युवाहरुलाई तत्काल नेतृत्व स्विकार्ने आसय नदेखाएको बैठकमा सहभागी एक नेताले वताए।
बैठकमा आफू भए ठिकै नभए बलबहादुर केसी संगै नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधी, प्रकाशमान सिंह जसलाई देउवाले चाहानुहुन्छ उसैलाई सभापति स्वीकार्न पनि आफू तयार रहेको धारणा नेता गच्छेदारले राख्नुभएको थियो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd