logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • पक्राउ परे ठमेलमा प्रहरीमाथि निर्घात आक्रमण गर्ने विद्यार्थी नेता

    1KShares
    पक्राउ परे ठमेलमा  प्रहरीमाथि निर्घात आक्रमण गर्ने विद्यार्थी नेता

    काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात आक्रमण गर्ने विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी छन् । बिहीबार राति जोशीसहितको समूहले प्रहरी हवल्दार जगुलाल घर्ति र जवान नगेन्द्रराज विष्टमाथि ठमेलको छाया सेन्टर अगाडि आक्रमण गरेको थियो । घाइते प्रहरीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

    नयाँ बानेश्वरबाट पक्राउ परेका जोशी विरुद्ध अभद्र व्यवहार मुद्दा चल्ने भएको छ ।उनको समूहले गरेको आक्रमणबाट वरिष्ठ हवल्दार जगुलाल घर्तिको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको छ । प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहार मुद्दा चल्ने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

    सोही घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ५ का २२ वर्षीय रमेश फुलारा अहिले प्रहरी हिरासतमा छन्



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार