काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा संविधान संसोधन हुने बताएका छन्।शुक्रबार विराटनगर विमानस्थलमा कुरा गर्दै देउवाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिने भएकाले दलीय सहमतिका आधारमा संविधान संसोधन हुने बताएका हुन्।
उनले भने, “दुई तिहाइ बहुमत चाहिने भएकाले संविधान संसोधन दलहरूबीचको सहमतिका आधारमा हुन्छ।” केही दिन पहिले डा शेखर कोइराला पक्षले विराटनगरमा मोरङ जिल्लाका पालिका समितिको आयोजनामा गरेको प्रदेश सभापतिको भेला समानान्तर भेला नभएको देउवाको भनाई छ।
उनले आफूलाई भेलाबारे कुनै जानकारी नै नभएको स्पष्ट पारे। बिआरआई ऋण लिने सम्झौता गरेको विषयमा पत्रकारहरूको प्रश्नमा सभापति देउवाले ऋण लिने सम्झौता नभएको दाबी गरेका छन्। उनले भने, “ऋण लिएको छैन भने बुझ्नुस्। ऋण लिएकै छैन।” सभापति देउवाले नेपाली कांग्रेसको १५ औं महाअधिवेशन तोकिएकै समयमा हुने स्पष्ट पारे।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया