logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

    952Shares
    पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

    काबुल । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति ११।४७ मिनेटमा ८ किलोमिटर गहिराइमा गएको हो । भूकम्पपछि कम्तिमा ४।५ देखि ५।२ म्याग्निच्युडसम्मका तीनवटा पराकम्प महसुस गरिएको छ ।

    स्थानीय अधिकारीहरूले कुनर र नंगरहार प्रान्तमा अहिलेसम्म २० जनाको ज्यान गएको पुष्टी गरेका छन् । एक सय १५ जनाभन्दा बढी घाइतेलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले ज्यान गुमाउनेको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । बिहानै चारवटा हेलिकप्टरमा डाक्टर सहित त्यहाँ पुगेका छन् ।

    उनीहरुले प्राथमिक उपचार गर्ने र गम्भीर घाइतेलाई राजधानी काबुल वा नजिकका अस्पताल लैजाने तयारी गरेका छन् । तालिबान सरकारका अधिकारीहरूले उद्धारका लागि आपत्कालीन सहयोग माग गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टर र अन्य स्रोत उपलब्ध गराउन आग्रह गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट