काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक भत्ता ९ हजार रुपैयाँसम्म रहेको पाइएको छ । राष्ट्र बैंकको सञ्चालक समितिले प्रति बैठक उक्त रकम लिने गरेको एक प्रतिवेदनले देखाएको हो ।
राज्य कोषबाट लगानी भएका निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको प्रतिवेदन अनुसार सञ्चालक समितिको बैठक भत्ता २ हजार रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म रहेको छ । अधिकतम ९ हजार रुपैयाँ नेपाल राष्ट्र बैंक र नेपाल विद्युत् प्राधिकरणमा रहेको छ ।
अन्य चार सार्वजनिक संस्थानले आफ्ना कर्मचारीलाई मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब भत्ता दिने गरेको प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदनका अनुसार सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी तलब भत्ता दिनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । जहाँ मासिक तलब ४ लाख ५० हजार रुपैयाँसम्म रहेको छ । त्यस्तै, कृषि विकास बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडले चार लाख रुपैयाँ र नेपाल पर्यटन बोर्डले ३ लाख ९१ हजार रुपैयाँ तलब प्रदान गर्ने गरेका छन् ।
सूचना तथा जानकारी प्राप्त भएका ४८ संस्थामध्ये २८ निकायका प्रमुखको मासिक तलब भत्ता एक लाखभन्दा कम रहेको छ भने १३ संस्थाको एक लाखदेखि दुई लाखसम्म र अन्य १३ संस्थाको दुई लाखदेखि तीन लाखसम्म रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया