logo

२०८२ जेष्ठ ३२ शनिबार

logo
  • शनिबार, ३२ जेष्ठ २०८२
  • विराटनगरमा ग्याङफाइट: एक युवकको हत्या, २ घाइते

    709Shares
    विराटनगरमा ग्याङफाइट: एक युवकको हत्या, २ घाइते

    विराटनगरमा भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

    गएराती भएको ग्याङ फाइटमा घाइते भएका मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
    उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा कामतको मृत्यु भएको छ ।
    मृतक कमातकाे शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरकाे विभिन्न स्थानमा धारिलो हतियार  प्रहार  भएकाे छ ।
    घाइते भएकै समूहकाबीचमा झडप भएको या अर्कै समूहले आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ असार २५, मंगलवार ०५:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट