काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले निर्णय गर्ने छ ।
यादवले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् । संघीय परिषद् अध्यक्ष राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले पार्टी विभाजन गरिदिएपछि उनी तनावमा छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd