logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो

    757Shares
    पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो

    काठमाण्डौ – पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री वालेन्द्र शाह समक्ष बुझाउनुभएको हो ।

    गएको वैशाख २८ मा पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेको समिति गठन भएको थियो । छानबिन समितिले गुरुङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो ।

    व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो । भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट