logo

२०८३ भाद्र १३ शनिबार

logo
  • २०८३ भाद्र १३ शनिबार
  • त्रिशूली किनारमा भेटिएको सेफबाट ९२ लाख निकालिएपछि २९ जना पक्राउ

    721Shares
    त्रिशूली किनारमा भेटिएको सेफबाट ९२ लाख निकालिएपछि २९ जना पक्राउ

    धादिङ, बाढीले बगाएर ल्याएको सेफ भेटिएपछि त्यसलाई फोडेर नगद निकाल्ने घटनामा धादिङ प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको जनाएको छ।

    रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीयले सेफ फेला पारेपछि तोडफोड गरी त्यसमा रहेको नगद निकालेर लगेको सूचना प्रहरीलाई पुगेको थियो।

    सूचनापछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिइएको र उनीहरूबाट ठूलो परिमाणमा नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    पक्राउ पर्नेमा गल्छी–४ मासटारका २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर रानामगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ र ३१ वर्षीय विष्णुमणि अधिकारीलगायत छन्।

    प्रहरीका अनुसार बरामद रकमको स्रोत र सेफमा रहेको नगदसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ। साथै, घटनामा थप व्यक्तिहरूको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान अघि बढाइएको छ।

    धादिङ प्रहरीका डीएसपी प्रकाश दाहालले बरामद नगद र नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

    बाढीले बगाएर ल्याएको सेफमा रहेको रकम कसको हो भन्ने विषय खुल्न बाँकी रहेकाले त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट