logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • न्याय माग्दा लाठीचार्ज, मृतक सुत्केरीका आफन्तले भने -‘किष्ट अस्पताल बन्द गर, मिनाश्री राईलाई न्याय दे’

    1.5KShares
    न्याय माग्दा लाठीचार्ज, मृतक सुत्केरीका आफन्तले भने -‘किष्ट अस्पताल बन्द गर, मिनाश्री राईलाई न्याय दे’

    काठमाडौं । लापारबाही किसिमले उपचार गरेका कारण सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल तनावग्रस्त भएको छ । खोटाङकी ३४ वर्षीया मिनाश्री राईको प्रसूति क्रममा शुक्रबार राति मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो ।

    मृतक राईका आफन्तहरुले लापारबाही किसिमले उपचार गर्ने चिकित्सकहरुलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । आफन्तहरूले ‘किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे’ भन्ने नारासहित प्रदर्शन गरेका छन् । शोकमा रहेका मृतकका आफन्तमाथि प्रहरीले लाठिचार्ज गर्नुका साथै अश्रुयास प्रहार गरेको छ ।

    प्रदर्शनका क्रममा केही घाइते भएका छन् । प्रहरीले अस्पताल छेउछाउमा अश्रुयास ग्यास हानेको भन्दै स्थानीयहरु पनि आक्रोशित भएका छन् । अहिले अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट