काठमाडौं । नेपाल बिधार्थी संघले सुरु गरेको ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियानलाई तिब्रता दिने भएको छ। संघको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय सदस्य प्रमोद राईलाई उक्त अभियानको संयोजक नियुक्ति गर्दै ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियान अब युद्ध स्तरमा संचालन गरिने बताएकाछन्।
समयमा महाधिवेशन गर्न नसकेको आरोप खेपिरहेको नेविसंघले केही समय अघिबाट विद्यार्थीको शैक्षिक हक अधिकार, स्थानीय तहमा शिक्षा व्यवस्थापनको प्रभावकारिता, तथा सार्वजनिक शिक्षामा देखिएका चुनौतीलाई पहिचान गर्दै समाधान तर्फ सम्बन्धित निकायहरुलाई जवाफफदेही वनाउने उदेस्यका साथ अभियान सुरु गरेको थियो।

अभियान अन्तर्गत देशभरका विद्यालय तथा कलेजमा पुगेर विद्यार्थीहरूका समस्याको प्रत्यक्ष अभिलेख राख्ने, समाधानको लागि नीति निर्माण तहसम्म आवाज पुर्याउने तथा स्थानीय सरकारको शिक्षा सम्बन्धी कार्यदक्षतामाथि निगरानी गर्ने मुख्य कार्यक्रम यश अभियानमा रहेको संयोजक प्रमोद राईले बताए।
अभियानले विद्यार्थीहरूको वास्तविक अवस्थालाई नजिकबाट बुझेर सुधारका ठोस सुझावसहित दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने नियुक्त संयोजक प्रमोद राईले बताए ।
उनले भने” हामी अभियानमार्फत विद्यार्थीलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने, सामाजिक सञ्जालदेखि भौतिक कक्षासम्म पहुँच विस्तार गर्ने, तथा तथ्यमा आधारित प्रतिवेदनमार्फत सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बनाउने लक्ष्यकाका साथ अभियानलाई तिब्रता दिने छौ। जसको लागि अध्यक्ष ज्युले यो जिम्मेवारी मलाई सुम्पिनु भएको छ।”
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया