logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • अनावश्यक फोन र मेसेज नगर्न मन्त्री महावीर पुनको आग्रह

    1.2KShares
    अनावश्यक फोन र मेसेज नगर्न मन्त्री महावीर पुनको आग्रह

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।

    फेसबुकमार्फत सार्वजनिक अपिल गर्दै मन्त्री पुनले अस्तीदेखि मोबाइल, मेसिन्जर र ह्वाट्सएपमा हजारौं कल र सन्देश आइरहेको बताए । आफू हाल मन्त्रालयमा सिर्जनशील र सक्षम टिम बनाउन व्यस्त रहेको उल्लेख गर्दै उनले केही दिनको लागि अनावश्यक सम्पर्क नगर्न आग्रह गरेका हुन् ।

    ‘म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला,’ उनले लेखेका छन् ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट