logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • कोटेश्वरमा भेटियो शव, जेनजी प्रदर्शनमा मृत्यु हुनेहरूको संख्या ७४ पुग्यो 

    1KShares
    कोटेश्वरमा भेटियो शव, जेनजी प्रदर्शनमा मृत्यु हुनेहरूको संख्या ७४ पुग्यो 

    काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको हो । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन ।

    योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

    यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट