काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन भ्रमण निस्किदैछिन् । भण्डारीको चीन भ्रमणको क्रममा उच्चस्तरिय राजनीतिक भेटवार्ता हुने बताइएको छ ।उच्चस्तरीय भ्रमण तालिका र भेटवारेका सूचना सार्वजनिक नगर्ने चिनियाँ प्रचलनका कारण पूर्वराष्ट्रपति भण्डारीले को-को संग भेट्ने कार्यक्रम छ भन्नेबारेमा चिनियाँ दूतावासले जानकारी दिन अस्वीकार गरेको छ।
भण्डारीले चीनमा राष्ट्रपति सीन जिन पिङसंग समेत भेट्ने सम्भावना रहेको स्रोतको दाबी छ । तर, चिनियाँ उपराष्ट्रपति लगायतसंग भने भेटवार्ता तय भइसकेको दाबी गरिएको छ । चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम भने सोमबार विहान आयोजना गरिने तालिकामा उल्लेख छ ।
शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।भण्डारीको भ्रमणबारे न्यूज नेपालले यसअघि नै समाचार सार्वजनिक गर्दै चीन जाने नेताहरुबारे खुलासा गरिसकेको थियो । सोहिअनुसार नै भण्डारीको भ्रमण हुन लागेको छ ।
भण्डारीसँग चीन जानेको नावावली यस्तो:
१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले
२. दामोदर भण्डारी, मन्त्री– उद्योग, बाणिज्य तथा आपुर्ति
३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले
४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले
५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य
६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रशारण (पिएसबी)
१०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल
१२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन
१३. मधु शाही, क्याप्टेन, नेपाली सेना
१४. सरस्वती जिरेल, निजी सुरक्षा
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया