logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • पुलिसलाई हराउँदै त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा

    970Shares
    पुलिसलाई हराउँदै त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा

    काठमाडौं। त्रिभुवन आर्मी क्लब काठमाडौँमा जारी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार एन्फा कम्पलेक्समा भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनको योगदान महत्वपूर्ण रह्यो।

    आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि संकटा र एपीएफ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।पहिलो हाफमै पुलिसको बराबरी गर्ने प्रयासमा क्रसबार बाधक बन्यो । ४३ औं मिनेटमा संजीव लामाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लागेको थियो ।

    ८० औं मिनेटमा आर्मीको आक्रमणमा रहेका चारै खेलाडी आवद्द मुभमा अग्रता दोब्बर भयो । निराजन धामीले मिडफिल्डमा खोसेको बल बक्सभित्र लगेर कटब्याक गरे । त्यसमा जिलेस्पीको प्रहार गोलरक्षक शत्रुघन चौधरीले बचाए । फुस्केको बललाई नवयुगले लो क्रस दिँदा दिनेशले फिनिस गरे ।

    आर्मीले अब सेमिफाइननलमा भोलि हुने संकटा र एपिएफको विजेतासँग खेल्नेछ । आज हुने दोस्रो क्वाटरफाइनलमा आयोजक केपी एफसी र एनआरटीबीच खेल हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट