logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • जनकपुरले एनपीएल जितेको खुसीमा पर्साको सखुवा प्रसौनीमा आइतबार सार्वजनिक बिदा

    925Shares
    जनकपुरले एनपीएल जितेको खुसीमा पर्साको सखुवा प्रसौनीमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्टस्‌ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले भोलि पालिकामा सार्वजनिक बिदा दिएको छ ।

    जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले शनिवार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाले सूचना जारी गरेको छ । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्यचौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको सूचनामार्फत् जानकारी दिएको छ।

    टीयू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्‌ले पहिलो एनपीएल उपाधि जितेको हो । मंसिर १६ गतेदेखि भएको प्रतियोगितामा ८ फ्रेन्चाइज टिम सहभागी थिए ।



    फास्ट न्युज    
  • २०८१ पुष ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट