logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • एसीसी–१९ प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

    916Shares
    एसीसी–१९ प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं– १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुनेछ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।

    समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

    चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने छन् ।

    दोस्रो सेमिफाइनलमा ओमान र यूएई भिड्नेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा हुँदैछ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट