logo

२०८३ श्रावण २६ मंगलवार

logo
  • २०८३ श्रावण २६ मंगलवार
  • आइसिसी विश्वकपमा नेपाल र स्कटल्याण्ड बीच आज खेल हुँदै

    994Shares
    आइसिसी विश्वकपमा नेपाल र स्कटल्याण्ड बीच आज खेल हुँदै

    काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ।

    अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा मंगलबार बेलुका सवा ९ बजे नेपालले स्कटल्याण्डसँग खेल्नेछ।
    यस अघिका खेलेका नौ खेल मध्ये आठवटा खेलमा नेपाल पराजित भएको छ । यो दशौं खेल हो ।
    स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ ।
    स्कटल्याण्डसँगको खेलमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकालले खेल्नेछन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट