logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तानको भिडन्त

    913Shares
    एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तानको भिडन्त

    काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित वसुन्धरा रङ्गशालामा सुरु हुनेछ । एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका वा एउटा हात नभएका) खेलाडीहरूले खेल्ने खेल हो ।

    प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनिए पनि इरान अनुपस्थित भएपछि पाँच देशबीच प्रतिस्पर्धा हुनेछ । माघ ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालले दोस्रो खेल बङ्गलादेशसँग माघ २७ गते, तेस्रो खेल माघ २८ गते इराकसँग र अन्तिम खेल २९ गते इन्डोनेसियासँग खेल्ने तालिका छ । प्रतियोगितामा भाग लिन १३ खेलाडी र ७ अफिसियलसहित २० सदस्यीय नेपाली टोली गत मङ्गलबार बङ्गलादेश गएको थियो ।

    नेपाली टिममा खेलाडी डिल्लीबहादुर बिष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुङ्गाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईँ, राज पौडेल र प्रकाश सिंह रहेका छन् । प्रतियोगिताको उद्‌घाटन खेलमा हिजो उज्वेकिस्तानले इन्डोनेसियालाई ८–१ गोलले हराउँदै प्रतियोगितामा सानदार सुरुवात गरेको छ । यस्तै हिजो नै भएको अर्को खेलमा इराकले बङ्गलादेशलाई ६–० गोलले हराएको थियो ।



    फास्ट न्युज    
  • २०८१ माघ २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट