logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • रक्तदान नै महादान हो : डा.अहिराज

    1KShares
    रक्तदान नै महादान हो : डा.अहिराज

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान गरेका छन् ।
    काठमाडौंको नक्सालस्थित रहेको देव कर्नर सेवा समितिले नयाँ रोडमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वप्रदेश प्रमुख डा.अहिराजले रक्तदान गरेका हुन् ।देव कर्नर सेवा समितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत प्रदान गरी महादान गरेको भनी डा.अहिराजलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको छ ।

    प्राकृतिक प्रकोपले देशमा रगतको समस्या रहेको भन्दै उनले हरेक जिम्मेवार र सक्षम अगुवाहरुले रक्तदान गरिदिदा एउटा अरुमा पनि हौसला प्रदान हुने धारणा राखेका छन् ।उनले भने, ‘देशमा रगतको समस्या कायम रहेकोले सबै सक्षम जनप्रतिनिधि, समाजका अगुवा, राष्ट्रसेवक र बुद्धिजीवीहरुलाई रक्तदान गरिदिन आग्रह गर्दछु ।’



    फास्ट न्युज    
  • २०८१ आश्विन २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट