logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • जेठ १५ गतेदेखि हुने आन्दोलनबारे भ्रम फैलाइएको कमल थापाको टिप्पणी

    1KShares
    जेठ १५ गतेदेखि हुने आन्दोलनबारे भ्रम फैलाइएको कमल थापाको टिप्पणी

    ४ वैशाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठदेखि काठमाडौंमा हुने आन्दोलन हिंसात्मक हुन्छ भन्दै सरकारले भ्रम फैलाउन खोजेको बताएका छन् । सुनसरीको इनरुवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन शान्तिपूर्ण हुने बताए ।

    ‘निर्धक्क भएर काठमाडौं आउनुहोस्, गणतन्त्र मान्दिनँ, धर्मनिरपेक्षता मान्दिनँ भन्ने अधिकार संविधानले नै दिएको छ । संविधानको धारा २७४ ले यसको विकल्प खोज्ने अधिकार स्वीकार गरेको छ,’ उनले भने, ‘गणतन्त्रको विकल्प खोज्ने कुरा संविधान विरोधी होइन ।’उनले आन्दोलनमा सरकारले अनावश्यक हस्तक्षेप गर्ने, बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काम गरेर समय बर्बाद नगरोस् भन्दै कुशासन र भ्रष्टतन्त्रविरुद्ध जनता जागिसकेको जिकिर गरे ।

    ‘यो राष्ट्रवादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्न लागेको आन्दोलन हो, यसमा कुनै विदेशी प्रभाव र उक्साहट छैन,’ थापाले थपे, ‘अहिलेका नेताको गलत कामले मुलुक युवाविहीन भइसक्यो । भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ । गाउँका गाउँ धर्म परिवर्तनको चपेटामा छ । त्यसैले जनताले विकल्प खोजेका छन् ।’

    संवाद र सहमतिबाट पनि निकास खोज्न सकिने भन्दै उनले गणतन्त्रवादीहरू त्यसका निम्ति तयार नभएपछि अनिश्चितलकालीन आन्दोलन अघि बढाइएको दावी गरे । कार्यक्रममा सुनसरीका पूर्वजिविस सभापति रमेश श्रेष्ठ, इनरुवा नगरका पूर्वउपमेयर माधव पोखरेलगायत एमाले त्यागेर राप्रपा प्रवेश गरेका थिए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट