logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • आजपाले थप आन्दोलनका कार्यक्रमबारेमा निर्णय गर्न स्थायी कमिटी बैठक बोलायो

    1.1KShares
    आजपाले थप आन्दोलनका कार्यक्रमबारेमा निर्णय गर्न स्थायी कमिटी बैठक बोलायो

    काठमाडौं। आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक भोली (सोमबार) बस्दैछ। काठमाडौंको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्ने बैठकले आगामी आन्दोलनका बारेमा विभिन्न निर्णय गर्ने बताइएको छ।

    सरकार पिच्छे सरकारको मनोमानी कर आतंक रोकन, वैदेशिक रोजगार पीडित तथा बैंकिङ लुट एवं लघुबित, सहकारी पीडितलाई न्याय दिलाउन र सरकारी निकायमा भईरहको खुलेआम लुट एंव भ्रष्टाचार विरुद्ध सशक्त आन्दोलन उठान सहित दलाल दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको तयारीका विषयमा बैठकमा छलफल हुने आजपा स्थायी कमिटी सदस्य एवं प्रमुख सचिव रविन्द्र सिंहले जनाएका छन् ।

    आजपाले हालै `भष्टाचार विरुद्ध मधेस यात्रा´ कार्यकम सम्पन्न गरेको छ। लुट भ्रष्टाचार एवं अनियमितताको बारेमा भएको मधेस यात्रा कार्यक्रमको बैठकमा समिक्षा समेत हुने बताइएको छ। उक्त अभियान पूर्ण रुपमा सफल भएको बताउदै आजपा अध्यक्ष साहले भ्रष्टाचार विरुद्ध जनजागरण अभियान अन्य प्रदेशमा समेत छिटै आयोजना गर्ने उदघोष गरेका छन् ।

    सरकारले मनोमानी कर वृद्धि गर्ने, महंगी नियन्त्र गर्न नसक्ने, विकासका आयोजनाहरु ठप्प भएको अवस्थामा आजपाले काठमाडौंमा विरोध प्रदर्शन समेत गरेको थियो। बैठकमा सो विषयमा समेत समिक्षा गर्दै आगामी आन्दोलनका विभिन्न कार्यक्रम तय गरिने आजपाले जनाएको छ। I

    यसैगरी बैठकले सदस्यता वितरण र संगठन विस्तार पार्टीको आंतरिक क्षमता अभिवृद्धि कर आतंक विरुद्ध काठमाडौमा संघर्ष, शिक्षक दरबन्दीको लागी मधेसमा संघर्ष, वैदेशिक रोजगारका ठग विरुद्ध आईटी आर्मीको संघर्ष, बैंकिङ लुट विरुद्ध अन्य प्रदेशमा संघर्षका कार्यक्रमका बारेमा समेत बैठकले निर्णय गर्ने आजपा मुख्य सचिव सिंहले जनाएका छन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट