logo

२०८३ आश्विन २३ शुक्रबार

logo
  • २०८३ आश्विन २३ शुक्रबार
  • नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने

    784Shares
    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक बढाएर २,००० मलेसियाली रिंगिट पुर्‍याउने घोषणा गरेको छ।

    मलेसियाका प्रधानमन्त्री एवं अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार संसद्‌मा आगामी वर्षको बजेट प्रस्तुत गर्दै न्यूनतम तलब वृद्धि गरिएको जानकारी दिएका हुन्। यो नयाँ तलबमान सन् २०२७ को जुन महिनादेखि आधिकारिक रूपमा लागू हुनेछ । यसअघि त्यहाँ न्यूनतम तलब १,७०० रिंगिट मात्रै तोकिएको थियो।

    साढे ७५ हजार नेपाली रुपैयाँ पुग्नेमलेसिया सरकारको यो निर्णयबाट त्यहाँ कार्यरत लाखौँ नेपाली कामदारसहित कुल ४० लाखभन्दा बढी स्वदेशी तथा विदेशी श्रमिकहरू लाभान्वित हुनेछन्। हालको विदेशी मुद्रा विनिमय दरअनुसार २,००० रिंगिट बराबर करिब ७५ हजार ५०० नेपाली रुपैयाँ हुन आउँछ। यसको अर्थ अब सामान्य श्रममा मलेसिया जाने नेपालीले पनि मासिक कम्तीमा साढे ७५ हजार रुपैयाँ तलब बुझ्नेछन्।

    यसैगरी, मलेसिया सरकारले दक्ष कामदार (Skilled Worker) हरूको न्यूनतम पारिश्रमिक भने २,५०० रिंगिट (करिब ९४ हजार नेपाली रुपैयाँ) पुर्‍याएको छ। श्रमिकहरूको योग्यता, सीप र क्षमताका आधारमा पारिश्रमिकमा सुधार गर्ने सरकारी नीतिअन्तर्गत यो ऐतिहासिक कदम चालिएको प्रधानमन्त्री अनवर इब्राहिमले स्पष्ट पारेका छन्।



    फास्ट न्युज    
  • २०८३ आश्विन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट