logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • रौतहटमा दुईवटा अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ

    886Shares
    रौतहटमा दुईवटा अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरीले रौतहटमा दुई वटा पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो चन्द्रपुर नगरपालिका(४ चन्द्रपुरस्थित देउराली चोकबाट दुइटा अटोमेटिक पेस्तोलसहित एक युवकलाई सशस्त्रले नियन्त्रणमा लिएको हो।

    सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षिय सुमन आचार्यलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिईएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोबाट खटिएको टोलीले उनको साथबाट बेरेडा मेडईन ईटाली र सीएफ ९८९००१६९०८२६६० लेखेको दुई वटा अटोमेटिक पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको डिएसपी थापाले जानकारी दिए। सशस्त्रले थप कारबाहीका लागि उनलाई प्रहरीमा बुझाउने प्रक्रिया भइरहेको जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट