logo

२०८३ आश्विन २२ बिहीबार

logo
  • २०८३ आश्विन २२ बिहीबार
  • बलिउडका ‘क्रान्तिवीर’ नाना पाटेकर रहेनन्, ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन

    715Shares
    बलिउडका ‘क्रान्तिवीर’ नाना पाटेकर रहेनन्, ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन

    काठमाडौं ।  बलिउडका चर्चित एवं दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ  । गोवास्थित आफ्नै निवासमा बेहोस भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले बिहीबार बिहान ५:२० बजे मृत घोषणा गरेका थिए  ।
    अस्पतालका अनुसार उनलाई कडा हृदयघात (कार्डियक एरेस्ट) भएको थियो  । चिकित्सक टोलीले करिब ४५ मिनेटसम्म कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) मार्फत उनलाई बचाउने प्रयास गरे पनि उनको मुटुको विद्युतीय गतिविधि फर्किन सकेन । उनको पार्थिव शरीरलाई गोवाबाट महाराष्ट्रको पुनेस्थित आफ्नै फार्महाउसमा लगिएको छ, जहाँ साँझ ७ बजे पूर्ण राजकीय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ  ।

    पाटेकरको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता अक्षय कुमारलगायत बलिउड तथा कला क्षेत्रका दिग्गजहरूले गहिरो दुःख व्यक्त गरेका छन्  । सन् १९७८ मा ‘गमन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका पाटेकरले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, र ‘अब तक छप्पन’ जस्ता सदाबहार चलचित्रहरूमा आफ्नो बलियो र फरक पहिचान बनाएका थिए  । तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार र पद्मश्रीबाट सम्मानित पाटेकर पछिल्लो समय ‘हाउसफुल ५’, ‘ओ’रोमियो’ र ‘सुबेदार’ जस्ता फिल्महरूमा सक्रिय थिए।



    फास्ट न्युज    
  • २०८३ आश्विन २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट