logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • अभिनेता मिथुन चक्रवर्तीलाई दादा साहेब फाल्के अवार्ड

    1.1KShares
    अभिनेता मिथुन चक्रवर्तीलाई दादा साहेब फाल्के अवार्ड

    १५ असोज काठमान्डौ । बलिउड अभिनेता मिथुन चक्रवर्तीले दादा साहेब फाल्के अवार्ड पाउने भएका छन्।

    युनियन मिनिस्टर अश्विनी वैष्णवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। ुमिथुन दाको शानदार फिल्मी यात्राले थुप्रै पुस्तालाई सम्मानित गर्नेछ। यो घोषणा गर्न पाउँदा मलाई गर्व महसुस भइरहेको छ। भारतीय सिनेमामा उनको विशिष्ट योगदानका लागि पुरस्कार दिने निर्णय लिइएको छ, उनले लेखेका छन्।

    ७० औं राष्ट्रिय चलचित्र अवार्ड समारोहमा उनलाई सम्मानित गरिने छ। यो समारोह ८ अक्टोबर २०२४ मा हुनेछ।मिथुन चक्रवर्तीले ५० दशकदेखि फिल्ममा काम गरिरहेका छन्। उनी हिन्दी फिल्मका उम्दा कलाकार हुन्। उनले फिल्म मृगया बाट फिल्मी करियर सुरू गरेका थिए। यसै फिल्मबाट उनले राष्ट्रिय अवार्ड समेत पाएका थिए।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट