logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • कम बजेटमा बनेको स्त्री’ को बक्स अफिसमा बम्पर कमाई, तेस्रो सातामा सय करोड क्लबमा

    कम बजेटमा बनेको स्त्री’ को बक्स अफिसमा बम्पर कमाई, तेस्रो सातामा सय करोड क्लबमा

    585
    SHARES
    कम बजेटमा बनेको स्त्री’ को बक्स अफिसमा बम्पर कमाई, तेस्रो सातामा सय करोड क्लबमा

    काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन विहिबार फिल्मले बुधबार पेड रिभ्युबाट ९.४० करोड कमाई गरेको र विहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई गरेको आदर्शले जानकारी दिएका हुन् ।



    फिल्म स्त्री यस बर्ष सय करोडको व्यापार गर्ने नवौ फिल्म बनेको छ। यस बर्ष फिल्म पद्मावती, सोनुकि टिटुकी स्विटी, रेड, बागी-२, राजी, रेस-३, सन्जु, गोल्डले सय करोडभन्दा धेरैको व्यापार गरेका छन्।

    राजकुमार रावको बलिवुड क्यारियरलाई थप मजबुत बनाएको छ भने लगातार फिल्म फ्लप भएर क्यारियर नै धरापमा परेकी अभिनेत्री श्रद्धा कपुरका लागि पनि ठुलो राहत भएको छ।  श्रद्धाका यस अघि, रक अन २, हसिना पार्कर, ओके जानु फ्लप भएका थिए।

    करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ ।

    अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।


    फास्ट न्युज
  • आइतबार, २ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट